कांग्रेसको दशैँ चियापान असोज १९ गते

कांग्रेसको दशैँ चियापान असोज १९ गते

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असोज ।

नेपाली कांग्रेसले हरेक वर्ष दशै तथा तिहारको अवसरमा गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष असोज १९ गते गर्ने भएको छ ।

कांग्रेसमा बीपी कोइरालाको पालादेखि नै दशै तथा तिहारको अवसरमा पार्टीले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गर्दै आएको छ ।

राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै २०३३ सालमा प्रवासबाट स्वदेश फर्किएका नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले आपसी सद्भाव अभिबृद्धि गर्दै राष्ट्रियतालाई मजबूत पार्नुका साथै राष्ट्र निर्माणमा सरिक हुने अवस्था सिर्जना गर्न भन्दै नेपालीहरुको महान चाड दशै र तिहारको अवसरमा कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान गर्ने परम्पराको थालनी गरेका थिए ।

कोइरालाको निधनपछि पनि कांग्रेसले यसलाई हरेक बर्ष निरन्तरता दिँदै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिदै कांग्रेस सभापति शेरबहादुर देउवाले असोज १९ गते पार्टी केन्द्रीय कार्यलयमा कार्यक्रम राखेको कांग्रेसले जनाएको छ ।

Logo