एमालेले उम्मेदवारीबारे केन्द्रीय कमिटी बैठक डाक्यो

एमालेले उम्मेदवारीबारे केन्द्रीय कमिटी बैठक डाक्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० भदौ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रणनीति बनाउन नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामको समेत समीक्षा गर्ने भएको छ ।

एमालेले निर्वाचन सम्पन्न भएका ६ प्रदेशमध्ये १ र ३ नम्बर प्रदेशमा बहुमत स्थानीय तह जितेको छ भने ६ र ७ मा सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश २ मा ठूलो दल बन्ने दावी नेकपा (एमाले) को छ ।

यो बैठकले दुवै संसदका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरूको मापदण्ड तय गर्ने र उम्मेदवार सिफारिस प्रक्रिया टुंगो लगाउने केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका उम्मेदवारहरूका बारेमा छलफल गर्ने छ । असोज अन्तिम साता समानुपातिक उम्मेवदवारको बन्द सूची पेस गर्नुपर्ने भएकाले पनि यो बैठक बोलाइएको हो । कात्तिक ४ गते प्रत्यक्षतर्फ मनोनयन गर्नुपर्ने भएकाले बैठकले सबै विषय टुंगो लगाएर स्थायी कमिटीलाई जिम्मा लगाउने सम्भावना रहेको बुझिएको छ ।

 

 

Logo