यसरी भयो ओलीको सचिवालयमा हेरफेर

यसरी भयो ओलीको सचिवालयमा हेरफेर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ भदौ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा हेरफेर भएको छ । अध्यक्ष ओलीले सोमबार आफ्नो सचिवालयमा रहेका सहयोगीहरूको जिम्मेवारी हेरफेर गर्दै केही नयाँलाई जिम्मेवारी दिएका छन भने केहीलाई बिदा गरेका छन ।

प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन । बज्राचार्य स्वकीय सचिवका रूपमा कार्यरत थिए । उनको काम गर्ने शैली र सहयोगी भूमिकाका कारण ओलीले प्रमुख स्वकीय सचिवमा बढुवा गरेको बताइएको छ । यसैगरी ओलीले प्रेस संयोजकमा प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य चेतन अधिकारीलाई नियुक्त गरेका छन् । ओली प्रधानमन्त्री रहँदा अधिकारी नै प्रेस संयोजकको भूमिकामा थिए ।

यसैगरी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी हेर्न देवराज घिमिरेलाई जिम्मेवारी दिएका छन् भने संसद र विकास निर्माण हेर्ने गरी अनिष दाहाललाई स्वकीय सचिव नियुक्त गरिएको छ । यो निर्णयसँगै यसअघि ओली सचिवालयमा कार्यरत सबैले विदा पाएका छन् ।

ओली प्रधानमन्त्रीबाट हटे लगतै सचिवालयमा कसको जिम्मेवारी के भन्नेमा अन्योल थियो ।

 

Logo