निधिले भने, ‘नेकपा (एमाले) मधेसविरोधी शक्ति’

निधिले भने, ‘नेकपा (एमाले) मधेसविरोधी शक्ति’

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, २६ भदौ ।

नेपाली काँगे्रसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन् ।

नेपाली काँगे्रसको मिडिया सेन्टरद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताए ।

पूर्वमहामन्त्री निधिले नेकपा ९एमाले० मधेसविरोधी शक्ति भएको प्रसंग उल्लेख गर्दै मधेसीलाई विदेशी भन्नेलाई मधेसी जनताले मतबाट सबक दिने समय आएको धारणा राखे ।

प्रदेश नं २ मा काँगे्रसको लहरलाई देखेर विपक्षी एमालेलगायतका दलहरूमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि उनले लगाए ।

काँगेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा काँग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले काँगे्रसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएको जिकिर गरे ।

उनले तेस्रो चरणको चुनाव मधेस र मधेसी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह हो भने । रासस

Logo