मन्त्रिपरिषद् अब ४९ सदस्यीय हुँदै, आज १५ राज्यमन्त्री थपिँदै

मन्त्रिपरिषद् अब ४९ सदस्यीय हुँदै, आज १५ राज्यमन्त्री थपिँदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ जना राज्यमन्त्री थप गर्दै आज फेरि मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।

प्रधानमन्त्री देउवाको नेतृत्वमा जेठ २४ गते गठन भएको मन्त्रिपरिषद मंगलबार (आज) विस्तार भएसँगै ४९ सदस्यीय भएको छ। मन्त्रिपरिषदमा ३ उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन्।

आज थपिने राज्यमन्त्रीहरूमा कांग्रेसका तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन्।

यसैगरी, फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् । राज्यमन्त्रीहरूको आजै सपथ ग्रहण हुँदैछ।

देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए।

Logo