आज राजधानीमा नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै

आज राजधानीमा नेकपा ओली समूहको शक्ति प्रदर्शन हुँदै


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौंको दरबारमार्ग स्थित नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा कार्यक्रम तय गरिएको छ । जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने आयोजकले जानकारी दिएको छ ।  

प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना गरिएको बताइएको छ ।  

कार्यक्रम आज १२ बजेबाट सुरु हुनेछ ।  जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली  लगायत अन्य नेताहरु र मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

जनसभा शुरु हुनुभन्दा अघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ । बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिन लागेको हो ।

Logo