संवैधानिक निकायमा नियुक्तिबारे सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाउ आदेश

संवैधानिक निकायमा नियुक्तिबारे सर्वोच्चद्वारा सरकारको नाममा कारण देखाउ आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्तिबारे सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्तिविरुद्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश दिएको हो।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा परेको नियुक्तिको विषयमा सरकारसँग १५ दिनभित्र कारण पेश गर्न माग गरेको हो।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइ बिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ ।

Skip This
Skip This
Logo