भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताएकी छन् ।
शनिबार काठमाडौंमाु भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङफेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पुर्जा दिनका लागि आतुर रहेको बताएकी हुन् । सरकारको आतुरतालाई व्यवहारमा उतार्नको निम्ति भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उनकाे भनाइ छ ।
सरकार र आम सुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरुमाथि आशा र भरोसा गरेको पनि उनले बताइन् । सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्नुपर्ने उनले बताइन् ।
गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी रहेको पनि उनले ध्यानाकर्षण गराइन् । आयोगका सदस्यहरु आर्थिक लोभमा पर्न सक्ने भन्दै मन्त्री तुम्बाहाङफेले समय मै सचेत रहन आग्रह गरिन् । आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐनभन्दा बाहिर गएर काम नगर्न पनि उनले निर्देशन दिइन् ।





























प्रतिक्रिया