संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।
सापकोटाले दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज सुनुवाइ गर्ने भएको हो।
शुक्रबार सभामुख आफैं सर्वोच्च अदालत पुगेर रिट दायर गरेका थिए । सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापा लगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । जसको अहिले चौतर्फी विरोध भइरहेको छ ।
गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।































प्रतिक्रिया