प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको बहस जारी, सरकारी वकिललाई १५ मिनेटको समय

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको बहस जारी, सरकारी वकिललाई १५ मिनेटको समय

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस जारी छ ।

अघिल्लो हप्ता आइतबार रिटका पक्षधरको बहस सकिएपछि विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९ माघदेखि बहस शुरु गरेका थिए । महान्यायाधिवक्ताले लामो समय लिएर बहस गरेपछि  लम्बिने भन्दै आजदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय मात्र दिएका छन् । बहसको सुरुवातमै प्रधानन्यायाधीशले यस सम्बन्धमा स्मरण गराएपछि त्यही अनुरुप हुने गरी आजको बहस अघि बढेको छ ।  

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद् विघटन गैरसंवैधानिक भएको दाबीसहित सर्वोच्चमा १३ वटा रिट दायर भएको छ।  

Logo