प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटन मुद्दामा माघ ३० गतेभित्र सबै पक्षको बहस सकिनु पर्ने बताएका छन् । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा राणाले यस्तो बताएका हुन् । बहसको समय छोट्याउन प्रधानन्यायाधीशले अधिवक्ताहरुलाई आग्रह गरेका हुन् ।
आज सरकारी वकिलको बहस सकिएको छ । अझै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र एमिकस क्युरीका वकिलको बहस र रिट निवेदकका वकिलको जवाफी बहस बाँकी छ।
आज प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडालले बहस गरेका थिए । राणाले उनलाई २० मिनेट समय दिए पनि तोकिएको समयमा बडालको बहस नसकिएपछि थप १० मिनेट समय दिइएको थियो।
पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यसलाई संविधान विपरित भन्दै सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा दायर भएका छन् ।
प्रतिक्रिया