नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्री निवासमा, समर्थकहरुको विरोध

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्री निवासमा, समर्थकहरुको विरोध

केन्द्रबिन्दु
0
Shares

प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीमाथि अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको थियो तर उनी उपस्थित नभएपछि आज सादा पोशाकका प्रहरी उनको घरमा पुगेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको र सामाजिक संजालमा लेखेको आधारमा उनीमाथि अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ । उनले राष्ट्रपतिलाई गाली गरेको आरोप लगाइएको छ ।

केही दिन अघि प्रधानमन्त्री केपी ओली समुह निकट महिला नेतृहरूले झाँक्रीलाई पक्राउ गर्न गृह मन्त्रालयमा निवेदन दिएका थिए । गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृ झाँक्रीमाथि अनुसन्धान गर्न लागेको हो ।  

दोस्रो जनआन्दोलनपछि भाषण गरेकै आधारमा नेतामाथि प्रहरीले अनुसन्धान गरेको यो पहिलो घटना हो ।

यसैबीच नेतृ झाँक्रीलाई पक्राउको विरोधमा उनका समर्थकहरुले अहिले उनको निवास शंखमुलमा विरोध गरिरहेका छन् । उनलाई पक्राउ गर्न नहुने भन्दै समर्थकहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरिरहेका हुन् ।  

Logo