राज्य विरुद्धको कसुर गरेको अरोपमा पक्राउ परेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्री पक्राउ परेसँगै नेकपाको प्रचण्ड माधव समूहसहित अन्य दल तथा दलका नेताहरूले रिहाईका लागि सरकारलाई दबाब दिएका थिए ।
रिहा भएसँगै नेतृ झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । बिहिबार साँझ नै श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन् । उनले संचारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपतिका गतिविधी विरुद्ध आफूले दिएको अभिव्यक्तिप्रति कुनै पश्चात नरहेको बताएकी छिन् ।
झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेकी थिइन् । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै झाँक्रीलाई पक्राउ पूर्जी जारी गरेको थियो । जुन पक्राउ पूर्जीमा राज्य विरुद्धका कसूर अन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेको उल्लेख गरिएको थियो ।
मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था अनुसार झाँक्रीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको थियो । सादा पोसाकका प्रहरी झाँक्री निवास पुगेसँगै उनको समर्थन तथा सरकारविरुद्ध नाराबाजी भएको थियो ।
झाँक्री पक्राउ परेपछि यसबीचमा विभिन्न दल तथा दलका नेताहरूले त्यसको विरोध जनाउँदै तत्काल रिहाइको माग गरेका थिए भने, नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै ठाडो निर्देशनमा झाँक्रीको गिरफ्तारी भएको आरोप समेत लगाएका थिए । यस्तै नेकपाको प्रचण्ड–नेपाल समूह र समूहसँग आवद्ध विभिन्न संगठनहरू आधिकारिक विज्ञप्ति नै निकाले र रिहाईको माग गरेका थिए भने उनको रिहाईका लागि अन्य दल तथा दलका नेताहरूले पनि समर्थन जनाएका थिए ।





























प्रतिक्रिया