नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्नेजति उपलब्धि प्राप्त गरेकाले थप उपलब्धिका लागि प्रयासरत रहनु पर्ने बताएका छन् ।
आदिवासी जनजाति मगर सङ्घको राष्ट्रिय भेलालाई विहिबार सम्बोधन गर्दै उनले कुनै एउटा वर्गको विचारले सम्पूर्णरुपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको बताए । उनले त्यसलाई जित्ने र हार्नेका बीचको सम्झौताका रुपमा बुझिदिन आग्रह गरे ।
नेपालको संविधानले विगतमा भन्दा तुलनात्मकरुपमा स्थानीय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको भन्दै त्यस प्रकारको उपलब्धि जोगाउनका लागि अग्रसर हुन उनले आग्रह गरे। कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती र नेता शेरबहादुर तामाङ लगायतले भेलाको सफलताको कामना गरे ।































प्रतिक्रिया