प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो ।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायत नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समुहका अगुवाहरुले संसद विघटनको कदमको विरोध गरेका छन् । प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमकाविरुद्ध सबै बुद्धिजिवीहरु एकै ठाउँमा आउनु पर्ने बताए । उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताए। उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया