‘ओली नेतृत्वको सरकार पूर्णतः असफल’ : कांग्रेस

‘ओली नेतृत्वको सरकार पूर्णतः असफल’ : कांग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ ।  

वर्तमान सरकारले ३ वर्ष पूरा गरेको सन्दर्भमा नेपाली कांग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो । सोमबार कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकुल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको नेपाली कांग्रेसको मूल्यांकन रहेको बताए ।  

कांग्रेसले सरकार बलियो भनिएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्यांकन गरेको प्रवक्ता शर्माले बताए। सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता शर्माको भनाइ छ ।

Skip This
Skip This
Logo