बैतडीमा कांग्रेसको विरोध सभामा नेकपा ओली पक्षको आक्रमण, ६ जना घाइते

बैतडीमा कांग्रेसको विरोध सभामा नेकपा ओली पक्षको आक्रमण, ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेकपाको ओली समूहले आक्रमण गर्दा दुई पक्षबीच झडप भएको छ । सो झडपमा परि ६ जना घाइते भएका थिए ।  

जिल्लाको डिलासैनी गाउँपालिकामा कांग्रेस नेता एपी साउद, नैनसिंह महर  र नेतृ डिला संग्रौला लगायत सहभागी विरोध सभामा झडप भएको हो ।

विरोध सभा सुरु भएपछि नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्न थालेका थिए । सोही क्रममा दुवै पक्षबीच  झडप भएको हो । सभा बिथोल्ने नियतले नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले नेकपा ओली समूहका नेता सुरेन्द्र पालका छोराको नेतृत्वमा गएको समूहले सभा चलिरहेका बेला आक्रमण गरेको आरोप लगाए पनि पालले भने आफूलाई घटनाबारे जानकारी नभएको बताएका छन् । थप विवरण आउन बाँकी छ ।  

Skip This
Skip This
Logo