विवेकशील साझाद्वारा शंख फुकेर विरोध प्रदर्शन

विवेकशील साझाद्वारा शंख फुकेर विरोध प्रदर्शन


प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले हरेक दिन एकोहोरो शंख फुकेर विरोध  प्रदर्शन गर्दै आएको छ ।

फागुन २ गतेबाट सुरु गरेको प्रदर्शन हरेक दिन दिउसो ४ बजे रत्नपार्कस्थित शान्ति बाटिकामा हुने पार्टीले जनाएको छ।

सरकारका असंवैधानिक कदमविरुद्ध सशक्त अभियान अनतर्गत एकोहोरो शंख फुकेर प्रदर्शन गरिएको जनाएको यस पार्टीले आज पनि प्रदर्शन जारी रहने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ । यसै क्रममा सांकेतिक विरोध स्वरुप शंख फुकेर प्रदर्शन गरिएको हो । 

Logo