देश जटिलतामा फस्दै गएको भन्दै पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

देश जटिलतामा फस्दै गएको भन्दै पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आधुनिक शासन प्रणालीको विधि व्यवस्था हो भन्दै मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा उत्पन्न पछिल्लो राजनीतिक अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । निषेध र विधेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

पूर्वराजा शाहले पछिल्लो समय प्रजातन्त्रकै लागि द्वन्द्व, विवाद र बहसमै व्यस्त र ग्रसित हुनु परेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे ।  

प्रजातन्त्र आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्रै नभएर सामाजिक जीवनपद्धति समेत भएको  शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।  

Logo