नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सदनमा व्यक्ति र पार्टी मन पर्दैन भने फेर्न तर चुनावमा आउन सबैलाई अनुरोध गरेका छन् ।
शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन् ।
त्यस्तै उनले आज प्रधानमन्त्रीले महत्वपूर्ण घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्रीले यो भव्य सभामा कुनै सूचना सुनाउने उनले बताए । नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए ।
उनले भने, ‘हाम्रो प्रधानमन्त्री शतप्रतिशत विश्वस्त हुनुहुन्छ प्रतिनिधिसभा विघटन सदर हुन्छ भन्नेमा । अनि मलाई उहाँप्रति साह्रै विश्वास छ ।’
नेम्वाङले अदालतले फैसला गरेको भोलिपल्टै सबै दलले वक्तव्य निकालेर चुनावको तयारी गर्ने दावी समेत गरेका छन् । प्रचण्ड–माधव नेपालको समूह पनि चुनावकै तयारीमा देश दौडाहामा रहेको नेम्वाङले बताए ।
नेम्वाङले गुमेको भूभाग फिर्ता ल्याउन खोज्दा पार्टीभित्रैबाट प्रधानमन्त्रीलाई अवरोध भएको आरोप लगाए । उनले संसदबाट दुई तिहाई बहुमतको सरकारलाई कामै गर्न नदिइएपछि ताजा जनादेशमा जानु परेको दावी गरेका छन् ।





























प्रतिक्रिया