उपचारका लागि बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

उपचारका लागि बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

केन्द्रबिन्दु
0
Shares

पेटको समस्याबाट पीडित पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

डा भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका पीडित छन् ।

चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा भट्टराई उपचारका लागि दिल्ली गएका हुन् । त्यहाँ उनको  ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo