‘सरकार प्रजातन्त्र  दिवस भनेको अपराधीलाई छुट दिने दिन हो ?’: कांग्रेस नेता गुरुङ

‘सरकार प्रजातन्त्र  दिवस भनेको अपराधीलाई छुट दिने दिन हो ?’: कांग्रेस नेता गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले प्रजातन्त्र दिवसलाई अपराधीले छुट पाउने दिनको रुपमा लिइएको प्रति चिन्ता व्यक्त गरेका छन् । 

उनले आज सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै शहीदहरुको बलिदानलाई स्मरण गर्दै प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई एक पवित्र दिनको रुपमा मनाउने गरिएको स्मरण गर्दै सरकारले यस दिन अपराधीलाई आममाफी दिने दिनको रुपमा लिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

हरेक वर्ष जस्तै यस वर्ष पनि सरकारले करिव ६ सय कैदीबन्दीलाई प्रजातन्त्र दिवसका दिन आम माफी दिएको थियो । गुरुङको भनाइ यसैप्रति लक्षित थियो ।

उनले लेखेका छन् :

शहीदहरुको बलिदानलाई स्मरण गर्दै प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई एक पवित्र दिनको रुपमा मनाउने हो । तर प्रजातन्त्र दिवशलाई अपराधीहरुले माफी पाउने दिन जस्तो पो बनाइयो त । राजनीतिमा गरिने अपराधीकरणले गर्दा सिङ्गो मुलुकले मूल्य चुकाइरहेको छ।

Skip This
Skip This
Logo