‘पुरानो राजनीतिले भएन, अब देशको राजनीति फेरिनु पर्छ’ : कांग्रेस प्रवक्ता शर्मा

‘पुरानो राजनीतिले भएन, अब देशको राजनीति फेरिनु पर्छ’ : कांग्रेस प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनु पर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनु पर्ने बताएका हुन् । देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेको भन्दै उनले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नु पर्ने बताए।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नु पर्ने बताए।आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होइन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्न चाहाना राख्नु पर्ने उनको भनाइ छ । 

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए। आफ्नो कार्यकालमा ३५/४० अर्ब नाफामा ल्याएको उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेपनि देश सुन्दर हुने बताए । 

Skip This
Skip This
Logo