आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

बैठक बिहान १० बजे बस्ने तय भएको बताइएको छ । आजको बैठकमा विप्लवमाथिको प्रतिवन्ध फुकुवा हुने सम्भावना रहेको छ । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले आह्वान गरे अनुसार सुरक्षा परिषद्को नियमित बैठक अहिले बिहान साढे ९ बजे बस्ने भएको हो । सुरक्षा परिषद्को बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

Logo