सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा

सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि स्मरण गराएका छन् ।

संबैधानिक इजलासले संसद् पुन:स्थापना गर्ने आदेश सुनाउदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

Logo