‘सर्वोच्चको फैसला सबैले स्वीकार गर्नु पर्छ’ : कमल थापा

‘सर्वोच्चको फैसला सबैले स्वीकार गर्नु पर्छ’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौति रहेको बताएका छन् । प्रतिनिधिसभाको विघटन सम्बन्धि सर्वोच्च अदालतले बदर गर्ने निर्णय बारे थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 

प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलाबारे तर्क वितर्क गर्न सकिन्छ । तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकाले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नु पर्छ।

यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो । विघटन सम्वन्धि विवाद तत्कालका लागि अन्त्य भएको छ । तर, प्रतिनिधिसभा पुनर्स्थापनासँगै सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको  नयाँ श्रृंखला शुरू हुने सम्भावना बढेको छ । यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौति खडा भएको छ ।

Logo