कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार, शरीरको दायाँ भाग चल्न थाल्यो

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार, शरीरको दायाँ भाग चल्न थाल्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ ।  

उनको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाका अनुसार शुक्रबारको तुलनामा जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त भने भएको छैन । झा का अनुसार जोशीको शरीरको दायाँ भाग चल्न थालेको छ । 

उनलाई विहिबार राति मस्तिस्कघात भएपछि वीर अस्पताल लगिएको थियो । त्यस लगत्तै उनलाई राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। 

चिकित्सकले मस्तिष्कमा रगत जमेको बताएपछि शुक्रबार बिहान शल्यक्रिया भएको उनका सहयोगी सुशान्त आचार्यले केन्द्रबिन्दुलाई बताए । 

गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनका जीवनराज श्रेष्ठसँग पराजित भएका जोशी पूर्वउद्योगमन्त्री हुन् ।

Logo