‘प्रधानमन्त्रीसँग नैतिकताको नाममा ‘न’ पनि बाँकी छैन’ : कांग्रेस नेता सिंह

‘प्रधानमन्त्रीसँग नैतिकताको नाममा ‘न’ पनि बाँकी छैन’ : कांग्रेस नेता सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता  प्रकाशमान सिंहले प्रधानमन्त्रीसँग नैतिकताको नाममा 'न' पनि बाँकी नभएको बताएका छन् । 

राजधानीमा आज स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानमा हुँदै नभएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने भने सवाल उठे पनि लाज सरम नभएकासँग के नैतिकताको आश गर्नु भन्दै  झन आदर्शका भाषण छाटेर हिड्नेलाई के भन्नू भन्दै प्रश्न गरेका छन् । उनले जसले अभिभावकत्व दिनु पर्ने हो उही प्रेसिडेन्ट नै रबर स्टाम्प बनेपछि मुलुकमा राजनीतिक समस्या बढेको बताए ।

जिम्मेवारीमा रहेका हरु गैरजिम्मेवार बन्दा कस्तो अवस्था आउँदो रहेछ भन्ने कुरा त संविधान सभाको दुई दुई पटक सभाध्यक्षता गरेका संविधान लेखनमा महत्त्वपूर्ण रोल खेलेकाको बोलाई र गराईले प्रष्ट पारिसकेको भन्दै एउटा नेताको चाकडि र बचाउमा उसले दिएका अभिव्यक्ति नै प्रर्याप्त रहेकाले मुलुकमा अब सबै जिम्मेवार बन्न आग्रह गरेका छन् ।
        
अहिलेको परिस्थिति आउनुमा जनता पनि उतिकै जिम्मेवार रहेको भन्दै ठूला कुरा गरेका भरमा  मत दियर पठाएकाले गलत  ब्यक्तिको हातमा शासन सत्ता पुगेको जिकिर गरेका छन् । मत दिने बेलामा जसले तडक भडक गर्छ जालझेल गर्छ अपारदर्शी  कमाएको कमाई खर्च गर्छ तिनलाई मत दिएका कारण राजनीति मा विकृति भित्रिएको बताएका छन् । राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बन्नु दुःखद कुरा हो भन्दै केही दल र नेताका कारण सिङ्गो राजनीतिक प्रणालीमाथि प्रश्न चिन्ह खडा भएको बताए । 

चारैतिर सेटिङका हल्ला चल्दा पनि आफूलाई न्यायालयले सहि निर्णय दिन्छ भन्ने लागेको थियो र निर्णय पनि सहि दिएकाले ब्यवस्था र संविधानको रक्षा भएको मा निकै खुशी लागेको भन्दै म नै विधि म नै कानून भन्नेलाई न्यायालयको निर्णयले  गलत साबित गरि मनपरि तन्त्र रोक्न न्यायालयले गरेको शाहसिक निर्णय प्रति खुशी व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo