‘एकथरी कम्युनिष्ट भनिनेहरु पार्टी हित विपरित लागेका छन्’ : गृहमन्त्री थापा

‘एकथरी कम्युनिष्ट भनिनेहरु पार्टी हित विपरित लागेका छन्’ : गृहमन्त्री थापा


गृहमन्त्री रामबहादुर थापाले जनताले देश विकासको जिम्मा नेकपालाई दिएको भएपनि एक थरी कम्युनिष्ट भनिनेहरु समाजवाद र पार्टी हित विपरित लागिरहेको आरोप लगाएका छन् । 

थापाले सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफूहरु अब नयाँ ढंगबाट अघि बढ्ने पनि बताए । 

अदालतको फैसलाले अवसरवादीहरुलाई सच्चिने मौका दिएको बताउँदै गृहमन्त्री थापाले गलत बाटोबाट हिंडेकाहरुलाई सही बाटोमा आउन आग्रह गरेका छन् । 

प्रचण्ड नेपाल समूहतर्फ लक्षित गर्दै उनले अझै समय बाँकी रहेकाले भदौ २६ भन्दा अघिको अवस्थामा फर्किन आग्रह गरे ।

गृहमन्त्री थापाले आफूहरु जनतालाई अधिकारसम्पन्न गर्ने अभियानमा लागेको पनि बताए । हिजो जनता अधिकारविहीन भएको तर आज अधिकार सम्पन्न भएको थापाको भनाइ थियो । 

सो कार्यक्रमलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

Logo