पर्सामा पूर्व एमाले र पूर्व माओवादीबीच झडप हुँदा १ जनाकाे मृत्यु

पर्सामा पूर्व एमाले र पूर्व माओवादीबीच झडप हुँदा १ जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको छ ।

बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी गम्भीर घाइते भएका थिए। झडपमा लाठीले हानेर उनलाई घाइते बनाइएको थियो। नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ।

बिहीबार अपरान्ह १ बजे भएको दुबै पक्षका मृत्यु सहित ८ जना घाइते भएका थिए ।  झडपमा सक्रिय एक पक्षका दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार हुदैछ भने अर्का पक्षका घाइतेहरुको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचाररत भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

नेकपा पर्साका नेताहरु बीच आन्तरिक विवादका केहि साता यता अलग अलग सपथ ग्रहण कार्यक्रम हुदै आएको छ । त्यही अनुसार एक पक्षले विन्दवासनी गाउँपालिका– ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथ ग्रहण आयोजना गरेको थियो भने अर्काे गुटका कार्यकर्ताले कार्यक्रम सहभागी हुन नपाउदा असन्तुष्ट जनाउँदै विरोध गरेपछि झडप भएको थियो ।

कार्यक्रमस्थलमा विवाद भएपछि दुबै पक्षबाट लाठी हानाहान भएको थियो । दुबै पक्षबाट मृतकसहित ८ जना घाइते भएका छन ।  नेकपा पर्साका नेताहरुका आन्तरिक गुटबन्दीले ठुलो विवाद भएपछि ठुलो घटना घटेको नेताहरुले बताएका छन ।

Logo