‘सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ’ : सञ्चारमन्त्री गुरुङ

‘सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ’ : सञ्चारमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् । 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले राजीनामा नगर्ने स्पष्ट पार्नुभएको हो । प्रतिनिधिसभाको बैठक आव्हान भइसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उनले स्पष्ट पारे ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओलीले नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गरे । उनले प्रधानमन्त्रीले राजीनामा गर्नु पर्छ भन्नेहरुलाई आफ्नो राजनीतिक पृष्ठभूमि हेरेर राजनीतिबाट नै सन्यास लिन पनि सुझाव दिए । 
 
उनले भने, “प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भन्ने आवाज सुनिरहेका छौं । प्रधानमन्त्रीले राजीनामा गर्नु हुन्न भन्ने सर्वोच्च अदालतको फैसलाले नै भनेको छ । प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाउनेहरुहरुले कुन धरातलबाट उभिएको छु भन्ने कुरा एकपटक फर्केर हेर्ने हो भने उहाँहरुले राजनीतिक ढंगबाट सन्यास लिंदा हुन्छ ।”

Logo