‘मलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कन्छु’ : ओली

‘मलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कन्छु’ : ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । 

मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गरेका हुन् । तर उनले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौति पनि दिए । आफूले कुनै पदका लागि मुद्धा नलडेको भन्दै प्रचण्डमाधव समूहलाई व्यंग्य पनि गरे । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनतामाझ जाने र जनताले न्याय दिने विश्वास उनले व्यक्त गरे।

उनले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गतेपछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताए ।

अर्काका लागि कम्फर्टेबल सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहिएको भन्दै उनले आफूले देश र जनताको पक्षमा काम गरेको र गरिरहने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले आफू देश बिगार्ने तगाराहरु पन्छाएर अघि बढ्ने र त्यो क्षमता नेपाली जनताले राख्नुपर्ने बताए ।

Logo