‘सयौं सुरक्षाकर्मीको घेरामा बसेर असुरक्षित छु भन्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्लान् ?’ : कांग्रेस नेता गुरुङ

‘सयौं सुरक्षाकर्मीको घेरामा बसेर असुरक्षित छु भन्ने प्रधानमन्त्रीले जनताको सुरक्षा गर्लान् ?’ : कांग्रेस नेता गुरुङ


नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफूमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न नसक्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो बताएका हुन् । 

'सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफूमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न सक्दैन।' उनले भनेका छन् , 'यस्ता नालायकलाई संसदबाट हटाउन नसके अन्य नेताहरु पनि नालायक नै हुनेछन्। सार्बभौमसत्ता जनताको सर्बोच्च संसदलाई नालायकहरुको भाषण गर्ने थलोको रुपमा रुपान्तरण नगरौं ।'

केही दिन अघि पोखरामा आयोजित एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जतिबेला पनि आक्रमण हुन सक्ने र यस्तो भयो भने अनौठो नमाने हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । नेता गुरुङको भनाइ प्रधानमन्त्रीको यहि अभिव्यक्तिप्रति लक्षित थियो ।

Logo