विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र हिरासतमुक्त

विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र हिरासतमुक्त

केन्द्रबिन्दु
0
Shares

नेकपा विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला आज रिहा भएका छन्। 

संगठित अपराध तथा आगजनी मुद्दामा प्रहरी हिरासतमा रहेका बाँस्तोला आज रिहा भएका हुन् । उनी काभ्रे प्रहरीको हिरासतमा रहेका थिए ।

मंगलबार सरकार र विप्लव समूहले आआफ्ना वार्ता टोली गठन गरेका थिए । बुधबारबाट सुरु भएको वार्ता विहीबार सहमतिमा टुंगिएको हो । सरकारले सहमति अनुसार नै विप्लव समूहलाई प्रतिबन्ध फुकुवा गरिसकेको छ । 

सोही सहमति अनुसार विप्लवका नेता कार्यकर्ता छुट्ने भएका छन् भने विप्लव समूहल पनि आफ्ना हिंसात्मक गतिविधी छोडेर शान्तिपूर्ण बाटोमा आउने भएको छ। 

Logo