दलको विवाद अविलम्ब निरुपण गर्न माग गर्दै प्रचण्ड-नेपाल निर्वाचन आयोगमा

दलको विवाद अविलम्ब निरुपण गर्न माग गर्दै प्रचण्ड-नेपाल निर्वाचन आयोगमा

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले दलको विवाद अविलम्ब निरुपण गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ ।

शुक्रबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा पत्र लेखि दलको विवाद छिट्टै निरुपण गर्न आग्रह गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ अन्तर्गत दलको विवाद निरुपणको निम्ति आग्रह गरिएको छ । शुक्रबार नेकपाको तर्फबाट नेकपा नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिडारी र मुक्ति प्रधान निर्वाचन आयोग पुगेका थिए ।  

नेकपा नेता लिलामणि पोखरेलले आफूहरु नेकपाको औपचारिक पत्र लिएर निर्णय छिटो गर्न ताकेता गर्नका लागि निर्वाचन आयोग आएको बताए । निर्वाचन आयोगले आइतबार बैठक बसेर प्रक्रियालाई अगाडि बढाउने जानकारी दिएको नेता पोखरेलले बताए।

Skip This
Skip This
Logo