नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले पाएका छन् ।
सर्वोच्चमा आइतबार भएको फैसलाले नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
सर्वोच्चको यो फैसलासँगै केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएसँगै उनीहरुले नेकपा नाम राख्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा नेकपा नाम दर्ता गराएका थिए ।
तर यस अघि नै ऋषि कट्टेलले नेकपा नै नाम दर्ता गरिसकेकाले आफूले आधिकारिकता पाउनु पर्ने दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिट उपर आज फैसला भएको हो ।





























प्रतिक्रिया