प्रतिनिधिसभाको आजको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (दाहाल नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध गरेपछि बैठक स्थगित भएको हो ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु गलत भन्दै कांग्रेस, नेकपा (दाहाल नेपाल) समूह र जसपाका सांसदहरुले सदनमा नाराबाजी गरेका थिए ।
कांग्रेसले विरोध गर्दा गर्दै अध्यादेश पेस गरिएको थियो । यस अघि नै दाहाल नेपाल समूहले बैठक बहिष्कार गरेका थिए ।
अर्को बैठक २६ गते दिउसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।





























प्रतिक्रिया