विप्लवद्वारा दाजुसँग भेट

विप्लवद्वारा दाजुसँग भेट

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेकाे हाे । उनले आज कारागार कार्यालय चितवनमा रहेका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्दलाई भेट गरेका हुन् ।

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उनी कारागारमा छन् । दाजुभाइको भेटमा सँगै रहेका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराए ।

सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उहाँले दाजुलाई गराएका थिए । झण्डै आधा घण्टाको भेटमा उनले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताए । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराए । 

नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । 

Logo