‘धर्ममाथि विश्वास घट्दै गएकाले दुष्कर्म बढ्यो’–कमल थापा

‘धर्ममाथि विश्वास घट्दै गएकाले दुष्कर्म बढ्यो’–कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जवर्जस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुष्कर्महरु अझ बढेर गएको बताएका छन् । 

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वाहाना र अनेकौं स्वार्थका खातिर कमजोर बनाउँदै लगिएकोले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले अगाडि बढ्ने ठोकुवा गरे ।

धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तीमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाले बताए । धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्न महिला संगठनले मूख्य भूमिका निर्वाह गर्ने आफूले विश्वास लिएको बताउँदै अध्यक्ष थापाले महिला नेतृहरुलाई संगठन निर्माणमा जुट्न निर्देशन दिए।

स्थानीय निकायको प्रत्येक वडामा एकजना महिला प्रतिनिधि अनिवार्य रुपमा हुनुपर्छ भनी कार्यान्वयनको चरणमा पहिलो पटक प्रवेश गराउन राप्रपा सरकारमा रहेको अवस्थामा सफल भएको बताउँदै थापाले संविधान र कानूनमा मात्र महिला अधिकारको कुरा गरेर मात्र नहुने भएकाले त्यसलाई हुवहु व्यवहारमा उतार्नु आजको चुनौती रहेको प्रष्ट पारे । महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गरेको उनले बताए । 

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिला नेतृहरु मिना सुवेदी, निना भेटवाल, मिरा कुँवर, अष्टमाया लामा लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन युवा नेतृ कुमारी स्याङतानले गरेकी थिइन्।

Skip This
Skip This
Logo