‘अध्यादेश फेल गर्ने आँट छ कसैको ?’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

‘अध्यादेश फेल गर्ने आँट छ कसैको ?’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका हुन् । उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गरे। 

उनले संसदमा सांसदहरुले संसदीय मूल्य मान्यता र मर्यादाविपरित क्रियाकलाप गरेकाे आरोप लगाए । मुद्दा लडेर संसद पुनर्स्थापना गराएर संसदमा धामी नाँच देखाएकाे आरोप पनि उनले लगाए।

ओलीले भने, “छलफल गर्दा  माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिए जस्तै माननीयले बोल्ने भाषा जस्तै बोल्यौ । छलफल गरौं न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाँच हो कि ? पार्लियामेण्टमा । हिजो पहिलो दिन औपचारिक रुपमा पार्लियामेण्ट सुरु भएको छ , गुरुरर कुदेर आएर वेलमा आएर नारा लगाएका छन् कराएका छन् । के विग्रियो भन्दाखेरि एसिड आक्रमण विरुद्धको अध्यादेश पेश गर्यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन । मन पनि छैन । त्यसकारण वेल घेरेर अध्यादेश पेश गर्न पाईंदैन भनेर नारावाजी । प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।'

पुनर्स्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनु पर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमण विरुद्धको कानून पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाए ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफू कुन दलको हो भन्ने स्पष्ट भइसकेको भन्दै उनले आफूलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गरे।

मुलुकमा स्थायित्व कायम गर्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेर चुनावमा गएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले पुनर्स्थापन भएपनि “दूरदिन” सुरु भएको टिप्पणी गरे।

Logo