जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गरेर जसपा बनेपछि पहिलो पटक संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने जनाइएको छ ।
आजको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने लगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।
आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोध गर्दै नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए। संसदको अर्को बैठक भोलि बस्दैछ ।































प्रतिक्रिया