‘ओलीसँगै अघि बढ्छु, माओवादीमा फर्किन्नँ : मणिचन्द्र थापा (खानेपानी मन्त्री)

‘ओलीसँगै अघि बढ्छु, माओवादीमा फर्किन्नँ : मणिचन्द्र थापा (खानेपानी मन्त्री)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा पूर्वमाओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो । 

यसै गठबन्धनमा पुगेका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री छन् । संघीय संसदको सांसद समेत नरहेका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडि बढाउने निष्कर्षमा पुगेका छन् । 

सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ । यसै सन्दर्भमा हामीले मन्त्री मणिचन्द्र थापासँग कुराकानी गरेका छाैँ। कुराकानीमा नेता थापाले नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडि बढ्न सम्भव रहेको बताए।  मन्त्री थापाले आफू ओलीसँगै अघि बढ्ने र माओवादीमा नफर्किने पनि बताएका छन् ।

राष्ट्रवाद, देश विकास र स्थायीत्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकाले पूर्वमाओवादीबाट ओली पक्षमा आएका नेताहरु माओवादी पार्टीमा नफर्किने पनि उनले बताए। अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकाले देश निर्वाचनमा जानुपर्ने उनकाे भनाइ छ। राजनैतिक दलहरु सरकार फेरबदल गर्ने गठबन्धन बनाउने भन्दा पनि निर्वाचनको लागि तयार हुनुपर्ने उनले सुझाव छ ।

Skip This
Skip This
Logo