सर्वोच्च अदालतले गरेको फैसला अनुसार नेकपा (एमाले) र (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको बारे निर्वाचन आयोगले दुवै दललाई पत्र पठाएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमै जानकारी दिन पत्र पठाएको हो।
मंगलबार बसेको आयोग पदाधिकारीको बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता खारेज भएको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ।
यस्तै आयोगले अहिलेको अवस्थाले दुवै दलको वैधानिकता नरहने हुँदा १५ दिन भित्र नयाँ नाम र नयाँ चुनाव चिन्ह सहित आयोगमा जानकारी दिन सकिने व्यहोरा पनि पत्रमा उल्लेख गरेको छ ।
सर्वोच्च अदालतले आइतबार नेकपा ऋषि कट्टेललाई दिने फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र
पुरानै अवस्थामा पुगेका हुन् ।































प्रतिक्रिया