नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा खारेजसँगै माओवादी केन्द्रको हैसियतमा दाहाल भट्टराईबीच मंगलबार भेटवार्ता भएको हो ।
जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका थिए । भट्टराईसँग भेट हुुनुपूर्व प्रचण्ड कांग्रेस सभापति देउवा भेट्न बुढानीलकण्ठ पुगेका थिए ।
दाहाल-भट्टराई भेट हुनुपूर्व जसपाका नेता महन्थ ठाकुरको नेतृत्वमा नेकपा एमालेसँग सरकार साझेदारीका लागि वार्ता टोली गठन भएको छ ।





























प्रतिक्रिया