जसपाले संसदीय दलको नेता छान्न सकेन, सरकारको नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्ने

जसपाले संसदीय दलको नेता छान्न सकेन, सरकारको नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्ने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालभित्र सरकारको नेतृत्व गर्ने गरि दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ।

शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् । जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी लिनुपर्ने विषयमा छलफल भएको बताए । 

शुक्रबारको संसदीय दलको बैठकमा दलको विधानको बारेमा छलफल भएको तथा बिहीबार नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा ब्रिफिङ गरेको पनि नेता यादवले जानकारी दिए।

जसपाका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिनुपर्ने आफूहरुको स्पष्ट अडान रहेको पनि बताए। संघीयता, लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरुसँग मात्रै आफूहरुको सहकार्य र समन्वय हुने उनले स्पष्ट पारे। 

जसपाले सत्ता समीकरणको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल तथा परामर्श गरिरहेको छ । यस्तै संसदीय दलको विधान स्वीकृत भइसकेपछि मात्रै संसदीय दलको नेता चयन हुने पनि अध्यक्ष यादवले बताए ।

Skip This
Skip This
Logo