सत्ता समीकरणका सम्भावित तीन दृश्य (भिडियोसहित)

सत्ता समीकरणका सम्भावित तीन दृश्य (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनसँगै संघीय संसद् अब फेरि सत्ता फेरबदलको प्रयोगशालामा रुपान्तरित हुने भएको छ। २०५१ सालपछि २०७४ सालसम्म देखिएका सत्ता राजनीतिको खेल फेरि दोहाेरिन लागेको हो।

सत्ताको फोहोरी खेलले आजित नागरिकले २०७४ सालको चुनावमा तत्कालीन बाम गठबन्धनलाई बहुमत दिएर राजनीतिक स्थिरताको आकांक्षा प्रकट गरेका थिए। सर्वोच्च अदालतको आदेशपछि बाम गठबन्धनभित्रका दल एमाले र माओवादी केन्द्र अहिले औपचारिक रूपमा दुई कित्तामा लागेपछि संसद् फेरि सत्ता राजनीतिको खेलमा केन्द्रित भएको छ। 

बाम गठबन्धनको जगमा पार्टी एकता गरेका दुई दल आन्तरिक विवादका कारण आ–आफैं भिडे । पछिल्ला दुई महिनामा सडकमा  दुईथरी नेकपाका अनेक ताण्डव चले। अहिले सर्बोच्च अदालतले नेकपा नामको वैधानिकतामै प्रश्न उठाउँदै एकीकरण प्रक्रियासमेत नयाँ शिराबाट अघि बढाउनुपर्ने फैसला गरेपछि गठबन्धनकारी दल दुई ध्रुवमा विभाजित भए। अब यसको असर संसदभित्रको सत्ता समीकरणको गणितमा परेको छ। 

Logo