आज ९ हजार ८४ जनालाई लगाइयो कोरोनाविरुद्ध खोप

आज ९ हजार ८४ जनालाई लगाइयो कोरोनाविरुद्ध खोप

केन्द्रबिन्दु
0
Shares

कोरोनाविरुद्धकाे खोप अभियानकाे पहिलो दिन ९ हजार ८४ जनालाई लगाइएको छ ।

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट उल्लेखित संख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

खोप अभियानअनुसार प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको बताइएको छ ।

 

Logo