नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
आइतबारदेखि जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक अनिश्चितकाल सम्मका निम्ति स्थगित भएको हो। तत्कालिन राजनीतिक परिस्थितिसँग जोडिएको कार्यभार पुरा गर्नका निम्ति संसदमा रहेका दुई राजनीतिक दलसँग वार्ताको प्रक्रिया अगाडी बढाउनको निम्ति तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । साथै सर्वोच्च अदालतको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युताउने फैसलाको पुनरावलोकन गर्ने पनि उनको भनाइ छ। यसबीचमा केन्द्रीय कमिटी सदस्यहरुले संगठनात्मक काम गर्ने र लगत्तै बैठक राखिने उनले बताए। केन्द्रीय कमिटी बैठकपछि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिने समेत उनको भनाइ छ।
सोमबारको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाइली, परशुराम रम्तेल, जयपुरी घर्ती, कुमार पौडेल, रामचन्द्र झा लगायत २० जना केन्द्रीय कमिटी सदस्यले वर्तमान राजनीतिक परिस्थिति, पार्टी निर्माण र क्रान्तिकारी आन्दोलनका विषयमा आ–आफ्नो धारणा राखेको नेता श्रेष्ठले जानकारी दिए। केन्द्रीय कमिटी सदस्यहरुले कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्र निर्माण गरी एकिकृत पार्टी निर्माण गर्ने पहल सहि भएकाले सो पहललाई जारी राख्न जोड दिएको पनि नेता श्रेष्ठको भनाइ छ।





























प्रतिक्रिया