समृद्धिको लक्ष्य साकार बनाउन व्यवसायिक क्षेत्रको विशेष भूमिका हुनुपर्छः राष्ट्रपति भण्डारी

समृद्धिको लक्ष्य साकार बनाउन व्यवसायिक क्षेत्रको विशेष भूमिका हुनुपर्छः राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएकी छिन्।
 
राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थापना कालदेखि नै चेम्बरले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गरेको र त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण आधार निर्माण भएको बताएकी हुन् । उनले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउन र नेपाली व्यवसायीको व्यवसायीक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको बताए। औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपतिले बताइन्।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी, बाढीपहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्र्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको पनि राष्ट्रपतिले प्रशंसा गरिन्। कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताए। उनले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र आपसमा अन्तरसम्बन्धित र एक अर्काको परिपुरक भएकाले यिनीहरुबीच घनिष्ट सहकार्य हुँदा मात्रै देशमा समृद्धि सम्भव हुने उल्लेख गरे। 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ महाअभियानको सारथी भएको बताए । 

Skip This
Skip This
Logo