प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी तथा प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनले नेपालको प्रगतिशील आन्दोलनमा क्षति पुगेको बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनको खबरले आफूलाई दुःख लागेको उल्लेख गरे । प्रधानमन्त्रीले वामपन्थी आन्दोलनमा श्रेष्ठले पुर्याएको योगदानलाई स्मरणसमेत गरे ।
मार्क्सवादको गहिरो अध्ययन गरेका प्रा श्रेष्ठ विसं २०१४ मा काठमाडौँ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिसमेत थिए । प्राध्यापन पेशामा लामो समय बिताएका श्रेष्ठले वामपन्थी आन्दोलन लागेकै कारण जागिर गुमाउनुभएको थियो । मिर्गाैला र मुटु रोगबाट पीडित उनको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।































प्रतिक्रिया